विचित्र विश्व

सुगाले दियो बयान, श्रीमन्को हत्या गर्ने महिला पुगिन् जेल

सुगाले दियो बयान, श्रीमन्को हत्या गर्ने महिला पुगिन् जेल

साउन – ५ । अमेरिकाको मेशिगनको एक अदालतमा सुगाले दिएको बयानका आधारमा एक महिलालाई श्रीमान्को हत्याको दोषी ठहर गरिएको छ ।

सन् २०१५ मा ग्लेन्ना दूरमले सुगाकै अगाडि आफ्नो श्रीमान मार्टिनमाथि पाँच गोली चलाएकी थिइन् । श्रीमन्को हत्यापछि आफँैले आफैँलाई गोली हानेर आत्महत्या प्रयास गरेकी थिइन् । घटनामा ग्लेन्नाको टाउकोमा गोली लागेको थियो । यद्यपि उनी बचिन् । घटना मिशिगनको सैन्ड लेकस्थित घरमा भएको थियो ।

मार्टिनकी पूर्व पत्नीले उक्त सुगाको हेरचाह गर्ने गरेकी थिइन् । उनका अनुसार सुगाले मार्टिनको आवाज निकालेर ‘गोली नचलाउ’ पटकपटक भन्ने गर्दथ्यो । उनले भनिन् ‘सुगा उक्त रातको पूरै कुराकानी दोहाउराउथ्यो । र, उक्त कुराकानीमा ‘गोली नचलाउ’ मा पुगेर राकिन्थ्यो ।’

जुरीले ४९ वर्षीय ग्लेन्ना हत्यामा दोषी ठहराए । उनलाई आगामी महिना जेल सजाय सुनाइनेछ । यो मुद्दाको सुनुवाईका क्रममा वकिलले साक्षीका रुपमा सुगा पेस गर्ने अनुमति पनि मागेका थिए । तर बड नामको उक्त अफ्रिकी सुगालाई अदालतमा सुनुवाईका क्रममा भने उपस्थित गराइएको थिएन ।

विशेष