राजनीति

हुने नै भयो नयाँ शक्ति र फोरमबीच एकता, अध्यक्षमा उपेन्द्र यादव

हुने नै भयो नयाँ शक्ति र फोरमबीच एकता, अध्यक्षमा उपेन्द्र यादव

साउन ५ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्तरुप लिने भएको छ ।

साउन १५ गते एकता घोषणा गर्ने गरी दुवै पार्टीले साउन ११ र १२ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् । एकीकृत पार्टीको नाम टुंगो लागिनसके पनि नयाँ शक्ति, फोरम हुने सम्भावना बलियो छ । अध्यक्षमा उपेन्द्र यादव, भट्टराई अधिकार सम्पन्न सर्वोच्च नेता र अशोक राई वरिष्ठ नेता रहने सहमति भइसकेको दुवैतिरको उच्च स्रोतले दाबी गर्‍यो ।

आर्य खस, जनजाति र मधेसी क्लस्टर मिलाएर नेतृत्व निर्माण हुने फोरम स्रोतको भनाइ छ । तर, भट्टराई र यादवले कुराकानी चलिरहे पनि पद बाँडफाड गर्ने सहमतिमा पुगिनसकेको जिकिर गरे । केही निट्टीग्रिटी मिलाउन बाँकी छन्, तर समग्रमा कुरा मिल्नेतिर गइरहेको छ,

नयाँ शक्तिका संयोजक भट्टराईले भने,बाहिर आएजस्तै पदै बाँडिसकियो भन्ने होइन, वैकल्पिक शक्ति बनाउने प्रयासमा दुवैतिको नेतृत्व गम्भीर भएर लागेको छ। भट्टराई निकट स्रोतका अनुसार बिहीबार र शुक्रबार काठमाडौंमा नयाँ शक्ति उच्च तहको आकस्मिक बैठक यसै एकता एजेण्डाका लागि डाकिएको छ। पार्टी नेता केशव दाहालले भने नयाँ शक्तिभित्र एकता गर्ने र नगर्ने दुवै मत अहिले पनि बहरमा रहेको जानकारी दिए ।

विशेष