विचित्र विश्व

मस्तिस्कको शल्यक्रियाका क्रममा गीतार बजाइरहे विरामी

मस्तिस्कको शल्यक्रियाका क्रममा गीतार बजाइरहे विरामी

भारतको बेंगलोरस्थित एक अस्पतालमा एक विरामीलाई वेहोस नबनाई ‘लाइभ’ दिमागको शल्यक्रिया गरिएको छ । गीतार बजाउँदा औँलामा मांसपेसी आइ हुने ऐठनका कारण समस्या भोगिरहेका अभिषेक कुमारलाई बेहोस नबनाइ लाइभ शल्यक्रिया गरिएको हो ।

गीतार बजाउन सोखिन अभिषेकले गितार बजाउनका लागि नै आफ्नो जागिर समेत छोडेका थिए । उनी गिटारिस्ट बन्न चाहन्थे तर, जागिर छोडेर गीतार बजाउन थालेको २० महिनापछि उनले आफ्नो माइली र कान्छी औँला गीतार बजाउँदा तन्किने अनुभव गरे ।

उनले उक्त समस्याको उपचारका लागि धेरै डाक्टरलाई देखाए । धेरै प्रकारका औषधि पनि खाए तर पनि उनको समस्या ठीक भएन । त्यसपछि उनी भगवान महाविर जैन अस्पतालका न्यूरोसर्जन डाक्टर शरण श्रीनिवासको सम्पर्कमा पुगे । श्रीनिवासले अभिषेकलाई उनको दिमागको सर्किटको लाइभ शल्यक्रिया गर्नु पर्ने बताए ।

अभिषेकलाई पूर्ण रुपमा वेहोस नगरेर केवल शून्य मात्र बनाइयो र लाइभ शल्यक्रिया सुरु भयो । डाक्टरहरुले उनको दिमागमा १४ मिलीमीटरको सानो छेद बनाइ ८ देखि ९ सेन्टिमीटर गहिरासम्म पुगेर मस्तिस्क सर्किटलाई सही ठाउँमा ल्याउन सफल भएका छन् ।

शल्यक्रियाका क्रममा अभिषेकलाई गीतार बजाएका थिए । किनकि उनको समस्या गीतार बजाउँदा नै हुने गर्दथ्यो । अभिषेकको गीतार बजाउँदा देखिन दिमागी हलचललाई हेरेर ब्रेन सर्किटलाई ठीक ठाउँमा ल्याउन श्रीनिवाससहितको टोली सफल भएको छ । शल्यक्रियाका क्रममा नै अभिषेकले आफ्नो समस्याको समाधान भएको महसुस गरेका छन् ।

संगीतको जटिलतासँग जोडिएका यस्तो शल्यक्रियाका घटना संसारभर आठ वटासम्म भएको तथ्य भेटिएको छ । भारतमा भने लाइभ शल्यिक्रिया पहलो पटक गरिएको बीबीसी हिन्दीले उल्लेख गरेकाे छ ।

 

विशेष