देश मुख्य समाचार

रुपैहिडिया–मोरिम्ला भन्ज्याङ मोटरबाटोले जाजरकोटीलाई सुनको अण्डा दिने

दीपबहादुर घर्ती

रुपैहिडिया–मोरिम्ला भन्ज्याङ मोटरबाटोले जाजरकोटीलाई सुनको अण्डा दिने

जाजरकोट, ७ साउन । भारतीय सीमानाक रुपैहिडियादेखि तिब्बतको मोरिम्ला भन्ज्याङ जोड्ने मोटरवाटो खुलेमा सुनको अण्डा दिने कुखुरा जस्तै मोटरवाटो बन्ने जाजरकोटबासीले बताउदै आएका छन् । ब्यापारिक दृष्टिकोणले बिश्व बजारमै निकै महत्वपुर्ण योगदान पुर्याउने उक्त मोटरवाटोले नियमित रुपमा सुनको अण्डा दिने कुरामा जाजरकोटबासीहरु ढुक्क बनेका छन् ।

भुपरिबेष्ठित तथा अल्पविकसित नेपाल देशका लागि रुपैहिडियादेखि मोरिम्ला भन्ज्याङ जोड्ने मोटरवाटोले बिश्व बजारसंगको सम्बन्धलाई निकट बनाउने उद्योग बाणिज्य संघ, जाजरकोटका अध्यक्ष कमानबहादुर खड्काले वताउदै आएका छन् । साढी ४ सय किलो मिटर लम्बाई रहेको रुपैहिडिया देखि मोरिम्ला भन्ज्याङ जोड्ने मोटरवाटो देशकै दुई देशलाई जोड्ने छोटो पारवान राजमार्ग भएको अध्यक्ष खड्काले दावी गरे ।

रुपैहिडिया देखि मोरिम्ला भन्ज्याङ जोड्ने राजमार्गले चीनको बेजिङ र इण्डियाको नयाँ दिल्लीसंग नेपालको सम्बन्धलाई नजिक बनाउन सहयोग गर्ने नागरिक समाज, जाजरकोटका संयोजक राजेन्द्र शाहको भनाई रहेको छ । नयाँ दिल्ली देखि चीन र बेजिङ देखि इण्डिया सम्म आयात तथा निर्यात हुने सामानहरुको गोदाम जाजरकोटमा हुने वताउदै संयोजक शाहले रुपैहिडिया देखि मोरिम्ला भन्ज्याङ जोड्ने राजमार्गवाट बढी जाजरकोटबासीले लाभ लिन सक्ने ठोकुवा गरे ।

अन्तर्राष्ट्रिय महत्व राख्ने रुपैहिडियादेखि मोरिम्ला भन्ज्याङ जोड्ने राजमार्गले ६ नम्बर प्रदेशकै नयाँ सम्भावनाको ढोका खोली दिने जाजरकोट क्षेत्र नं. १ का संसद शक्तिबहादुर बस्नेतको भनाई रहेको छ । भेरी करिडोर राजमार्गले ६ नम्बर प्रदेशलाई दुई देशसंग जोड्नुको साथै ६ नम्बर प्रदेशमा पाईने बहुमुल्य जडिवुटी तथा बहुमुल्य पत्थरहरुको संकलन, प्रशोधन र बजारी करणका लागि लगानीकर्ता प्रवद्र्धन गर्नमा निकै सहयोग पुग्ने संसद बस्नेतले बताए । उनले उक्त राजमार्ग बनेमा ६ नम्बर प्रदेश भित्र रहेका सबै मनोरम हिमाल, ताल, तलैया, महत्वपूर्ण धार्मिक स्थल तथा सामाजिक साँस्कृतिको अध्ययन गर्न आउने विदेशीहरुका लागि पनि सहज हुने बताए ।

त्यसैगरि यसै राजमार्ग भित्र पर्ने राष्ट्रिय गौरबको, जलासययुक्त आयोजना जाजरकोटको नलसिङ गाड जलविद्युत्त आयोजनाको निर्माण कार्यले पनि गति लिनेमा संसद बस्नेतले विश्वास दिलाए । अन्तरराष्ट्रिय महत्व राख्ने भेरी करिडोर राजमार्गको निर्माण कामलाई गति दिन आबश्यक पर्ने बजेटको ब्यबस्था गर्न सरकारसंग आफुले नियमित रुपमा लबिङ्ग गरीराख्ने संसद बस्नेतको भनाई रहेको छ ।

नेपालबाट भारत तथा चीन दुई देश जोड्ने फास्ट ट्रयाक काठमाण्डौं–खोकन–नीजगड, पथलैया–रक्सौल जोड्ने मोटरवाटोको भन्दा रुपैहिडियादेखि मोरिम्ला भन्ज्याङ जोड्ने मोटरवाटोको दूरी छोटो पर्ने भएको हुँदा यसको निर्माण कार्यमा राज्यले ढिलाई गर्न नहुने निर्माण ब्यबसायि संघ, जाजरकोटका अध्यक्ष तेज बिक्रम शाहको भनाई रहेको छ । उक्त राजमार्गको निर्माण कार्य छिटै सम्पन्न भएमा जिल्लाको विकास निर्माणका कामले पनि गति लिने अध्यक्ष शाहको बुझाई रहेको छ । उक्त राजमार्ग छिट्टै बनेमा बिकास निर्माणमा प्रयोग गरिने हाड्रवयरका सामानहरु खरिद तथा ढुवानी गर्न निकै सहजता र सरलता पैदा हुने अध्यक्ष शाहले बताए ।

उता रुपैहिडियादेखि मोरिम्ला भन्ज्याङ जोड्ने राजमार्ग अन्तरगत पर्ने जाजरकोटको पासागाडदेखि डोल्पा सदरमुकाम दुनैसम्मको ट्रयाक खोल्ने काम जम्मा ८ किलो मिटर मात्र बाँकी रहेको नेपाली सेनाको सडक निर्माण कार्यदल प्रमुख बिश्वबन्धु पहाडीले जानकारी दिए । जाजरकोटदेखि डोल्पाको दुनैसम्म १ सय १८ किलो मिटरको दूरी रहेको मोटरवाटोको झण्डै १ सय १० किलो मिटरको ट्रयाक खुलिसकेको प्रमुख पहाडीको भनाई रहेको छ । ट्रयाक खोल्न बाँकी रहेको ८ किलो मिटरको काम पनि आगामी दशै भित्रै सम्पन्न गरि सक्ने लक्ष्य राखेर काम अगाडी बढाईएको प्रमुख पहाडीले बताए ।

आगामी दशैभित्रै मोटरवाटोको ट्रयाक खोल्ने काम सम्पन्न गर्नका लागि डोल्पाको खदाङ–त्रिपुराकोट सडक खण्डको धाउन्ने–चुँगाड–चिप्ले–श्रीबिन्डे लगाएतका ठाउँमा दैनिक ४ सय कामदारहरुले काम गरिरहेको प्रमुख पहाडीले जानकारी दिए । ट्रयाक खोल्न बाँकी रहेको भू–भाग निकै कडा चट्टान भएको भएता पनि २० वटा कम्प्रेसर मेसिनद्धारा काम भई रहेको प्रमुख पहाडीको भनाई रहेको छ ।

 

विशेष