राजनीति मुख्य समाचार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी, यस्ता छन् एजेण्डा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी, यस्ता छन् एजेण्डा


साउन ८ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय, सानेपामा जारी बैठकमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचन र प्रदेश तथा संघीय संसदको निर्वाचनको छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उनका अनुसार हिजोको बैठकमा स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचन परिणामको समीक्षा भएको थियो । बैठकमा अघिल्ला निर्वाचनमा भएका कमीकमजोरीलाई समीक्षा गरी प्रदेश नं २ मा आगामी असोज २ गते हुने निर्वाचनमा पार्टीलाई कसरी सशक्त र प्रभावकारी बनाएर लैजाने भन्नेबारे छलफल केन्द्रित रहनेछ । बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षामा केन्द्रित रहेको र नेताहरुले बोल्नेक्रम आज पनि जारी रहने मुख्य सचिव पौडेलले जनाए ।

निर्वाचनको परिणाम र समग्र सांगठनिक शक्तिको परिचालनमा देखिएको कमीकमजोरीको समीक्षा गरी, आगामी चरणको निर्वाचनमा गर्नुपर्ने अख्तियारीको रणनीतिबारे आजको बैठकमा छलफल हुने छ ।

विशेष