राजनीति

नेत्री कोइरालाले भनिन्, 'पार्टीभित्र देखिएको ६०/४० भागबण्डा अन्त्य हुनुपर्छ'

नेत्री कोइरालाले भनिन्, 'पार्टीभित्र देखिएको ६०/४० भागबण्डा अन्त्य हुनुपर्छ'

 

साउन - ९ । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले पार्टीभित्र देखिएको भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन्। रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेत्री कोइरालाले भागबण्डाका कारण पार्टीले पराजय भोग्दै गएको भन्दै पार्टीभित्र देखिएको ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी हुन् ।

केन्द्रमा देखिएको गुटबन्दीको रोग स्थानीय तहमा पुगेको कारण स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो स्थानमा पुग्नुपरेको उनकाे भनाइ थियो । “पार्टीका निम्ति दुःख गरेको व्यक्तिलाई टिकट नदिएर नेताको नजिकको व्यक्तिलाई टिकट दिए २ नं प्रदेशमा पनि काँग्रेसले पराजय भोग्नुपर्ने अवस्था आउन सक्छ” – नेत्री कोइरालाले भनिन्।

गाउँमा संगठन निर्माणका लागि दुःख गरेका व्यक्तिलाई पार्टी नेतृत्वले सही ठाउँमा व्यवस्थापन गर्न नसके काँग्रेसको संगठन कमजोर हुने उनकाे भनाइ थियो ।नेत्री कोइरालाले संविधानले महिलाका लागि धेरै अधिकार दिएको भन्दै पार्टीले पनि महिलाको उचित मूल्यांकन गर्नुपर्ने बताइन् । उनले भने – “छिट्टै विस्तार हुन लागेको मन्त्रिपरिषद्मा महिलालाई उचित स्थान दिइनुपर्छ ।”

उनले संविधान कार्यान्वयनको मुद्दालाई थाती राखेर निर्वाचनमा जानुपर्ने बताइन् । नेत्री कोइरालाले माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले अब ढिला गर्न नहुने स्पष्ट पारिन् ।

विशेष