विचित्र विश्व

मनाङमा नागरिकताभन्दा राहदानी लिने बढी

मनाङमा नागरिकताभन्दा राहदानी लिने बढी

 

साउन - ९ । मनाङमा नागरिकताभन्दा राहदानी बढी वितरण भएको छ । 

जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा १३७ जनाले नागरिकता लिएका छन् । सोही आवमा ८३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । कार्यालयका नासु भेषबहादुर जिटीका अनुसार सोही आवमा २४४ जनाले राहदानी लिएका छन् । 

एक सय ९९ जनाले दोब्बर दस्तुर तिरेर दु्रत सेवामा तथा ४५ जनाले कार्यालयबाटै राहदानी लिएका हुन् । राहदानीबाट दुई लाख २५ हजार राजश्व संकलन भएको छ । 

विशेष