राजनीति

भाडा नदिइएपछि राप्रपा कार्यालयमा ताला

भाडा नदिइएपछि राप्रपा कार्यालयमा ताला

 

साउन - ९ । घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा ताला लागेको छ । 

तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यलयमा ताला लगाएका हुन् । बेंसीशहर नगरपालिका–८ शेरा ओरालोमा रहेको वाग्लेका घरमा राप्रपा कार्यालय छ । आठ वर्षदेखि कार्यालय राखिएकामा २०७१ सालदेखि भाडा नपाएको घरधनी वाग्लेले बताए । 

वाग्लेले बेसीशहरमा आज पत्रकार भेटघाट गरी राप्रपासँग घरभाडा बापतको रु एक लाख ५९ हजार लिन बाँकी रहेको बताउनुभयो । वाग्लेका अनुसार राप्रपासँग २०७१ सालको ३० हजार, २०७२ सालको ५४ हजार, २०७३ सालको ६० हजार र २०७४ सालको वैशाखदेखि असार मसान्तसम्मको १५ हजार भाडा लिन बाँकी छ । 

राप्रपा अध्यक्ष इन्द्रबहादुर मल्लले राप्रपा नेपाल हुँदादेखिको भाडा बाँकी रहेको र धेरै रकम भएकाले एकमुष्ट तिर्न कठिन भएको बताए ।

विशेष