राजनीति

कावा अध्यक्ष गाैतमले भने, 'कसैलाई खुशी बनाउन संविधान संशोधन हुँदैन'

कावा अध्यक्ष गाैतमले भने, 'कसैलाई खुशी बनाउन संविधान संशोधन हुँदैन'

 

साउन - १० । नेकपा (एमाले) का कावा अध्यक्ष बामदेव गौतमले कसैलाई खुशी बनाउन मात्रै आफ्नो दल संविधान संशोधनको कार्यसूचीमा सहभागी नहुने बताएका छन् ।

प्रदेश नं ५ अन्तर्गतका जिल्लाबाट स्थानीय तह निर्वाचनमा एमालेका तर्पmबाट विजयी जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले तराई र पहाडबीच फाटो ल्याउने योजनालाई जनताले निर्वाचनमार्फत असफल बनाएकाे बताए । “कसैलाई खुशी बनाउन संविधान संशोधन हुन सक्दैन, किन र केका लागि संशोधन गर्ने हो औचित्य पुष्टि नै नभएको संशोधनको खेलमा आफ्नो दलको कुनै सहमति हुन सक्दैन”, उनले भने ।

बुधबारसम्म सञ्चालन हुने सो अभिमुखीकरणमा सहभागीलाई सो दलका नेता विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र गोकर्ण विष्टले प्रशिक्षण दिनुहुने जनाइएको छ । 

विशेष