राजनीति मुख्य समाचार

माओवादी केन्द्रले टुंगो लगायो मन्त्रीका नाम

माओवादी केन्द्रले टुंगो लगायो मन्त्रीका नाम


साउन ११ । नेकपा माओवादी केन्द्रले बुधबार मन्त्री बन्ने ६ नेताको नाम टुंगो लगाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस, माओवादीसहितका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् । माओवादीबाट महेन्द्रकुमार शाही उर्जामन्त्री बन्ने भएका छन् । स्वास्थ्यमन्त्रीमा गिरिराजमणि पोखरेलको नाम तय भएको छ ।

माओवादीबाट मन्त्री बन्ने अन्य नेताहरुमा शिवकुमार मण्डल, आशा खनाल कोइराला, टेबहादुर बस्नेत र सन्तकुमार चौधरी छन् । उनीहरुको मन्त्रालय तय टुंगिएको छैन । माओवादीले केही राज्यमन्त्री पनि पठाउने तयारी गरेको छ ।

विशेष