राजनीति

यी बन्दैछन् माओवादी केन्द्रबाट मन्त्री

यी बन्दैछन् माओवादी केन्द्रबाट मन्त्री

 

साउन - ११ । नेकपा (माओवादी केन्द्र)ले छजना मन्त्रीको नाम टुंगो लगाएको छ ।

माओवादी केन्द्र सचिवालयमा बसेको बैठकले गिरिराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला, सन्तकुमार चौधरी र महेन्द्रबहादुर शाहीलाई सरकारमा पठाउने निर्णय गरेको केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

राज्यमन्त्रीका सन्दर्भमा बैठकले कुनै निर्णय नगरेको उनले बताए । केन्द्रका तर्फबाट यसअघि जेठ २४ गते तीनजना मन्त्री नियुक्त भइसकेकाे छ। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्रीमा प्रभु साह नियुक्त भइसकेका छन् ।

विशेष