राजनीति

विवेकशील र साझा पार्टीबीच एकता, बन्यो 'विवेकशील साझा'

विवेकशील र साझा पार्टीबीच एकता, बन्यो 'विवेकशील  साझा'

साउन – ११ । पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच एकता भएको छ । बुधबार राजधानीको नयाँ बानेश्वरस्थित एक होटलमा भएको कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा भएको हो ।

पार्टीको नाम ‘विवेकशील साझा’ पार्टी भएको छ । रवीन्द्र मिश्र र उज्ज्वल थापा सह–संयोजक बनेका छन् । पार्टीमा सामूहिक नेतृत्व अपनाउने भएको छ । पार्टी नेतृत्वका लागि ८ जनाको संयोजन समितिसमेत बनेको छ । आजको पार्टी बैठकको अध्यक्षता भने रवीन्द्र मिश्रले गर्ने छन् ।

दुई पार्टीका १७–१७ जना गरी अहिले ३४ जनाको केन्द्रीय कार्यसमिति बनाइएको छ । महाधिवेशन गरेर पार्टीको नेतृत्व चुन्ने घोषणा एकता सभामा गरेको छ ।

विशेष