राजनीति

देउवाले गरे दोस्रोपटक मन्त्रीमण्डल विस्तार, कस्ले कुन मन्त्रालय समाल्दै ?

देउवाले गरे दोस्रोपटक मन्त्रीमण्डल विस्तार, कस्ले कुन मन्त्रालय समाल्दै ?

साउन - ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका मन्त्री देउवाले आफ्नो दल र सत्ता साझेदार दलहरुका मन्त्री थपेर मन्त्री मण्डल विस्तार गर्न लागेका हुन् ।

बुधबार गरिन लागिएको मन्त्रिपरिषद् विस्तारमा काँग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ र नेकपा संयुक्तबाट १ जना मन्त्री बनेका हुन् । नवनियुक्त मन्त्रीहरुले बुधबार नै शितल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।


कस्ले कुन मन्त्रालयको नेतृत्व समाल्दै ?

मोहन बस्नेत - सूचना तथा सञ्चार

जितेन्द्र देव - संस्कृति तथा पर्यटन

गोपाल दहित - भूमिसुधार

राजन केसी - युवा तथा खेलकुद

रामकृष्ण यादव - कृषि विकास

गिरिराजमणि पोखरेल - स्वास्थ्य 

महेन्द्र यादव - खानेपानी तथा सरसफाई

वीरबहादुर बलायर - भौतिक पूर्वाधार तथा यातायात

मीन विश्वकर्मा - वाणिज्य

अम्बिका बस्नेत - सहकारी तथा गरिबी निवारण

भीमसेनदास प्रधान - रक्षा

यज्ञबहादुर थापा - कानुन

सञ्जयकुमार गौतम - सिंचाई

टेकबहादुर बस्नेत - सामान्य प्रशासन

शिवकुमार मण्डल - आपूर्ति

महेन्द्रबहादुर शाही - ऊर्जा

वसन्तकुमार थारु - पशुपंक्षी विकास

मिथिला चौधरी - वातावरण

आशा कोइराला - महिला तथा बालबालिका

विशेष