राजनीति भिडियो

हामीले यसअघि बाध्यतावस भोट दियौं, अब विकल्प आएको छ (भिडियोसहित)

हामीले यसअघि बाध्यतावस भोट दियौं, अब विकल्प आएको छ (भिडियोसहित)

पूर्व पत्रकार रवीन्द्र मिश्रले नेतृत्व गर्दै आएको साझा पार्टी र उज्ज्वल थापाले नेतृत्व गर्दै आएको विवेकशील पार्टीबीच एकता भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गरिएको हो ।

पार्टीको चुनाव चिह्न र लोगो तराजु राखिएको छ । हालका लागि मिश्र र घिमिरे सामान्य पदमा रहने बताइएको छ । पार्टीको ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ भने प्रत्येक प्रदेशबाट एक एक जना थपिने र महाधिवेशनसम्म ५१ सदस्यीय केन्द्रीय समिति बनाइने सो पार्टीले जनाएको छ ।

त्यस्तै दुवै पार्टीबाट ४–४ जनाको संयोजन समितिसमेत गठन गरिएको छ । जसमा सहसंयोजकमा मिश्र र थापासमेत रहेका छन् ।

केन्द्रीय समितिमा को–को ?

नयाँ पार्टीको ३४ सदस्यीय केन्द्रीय समितिमा मिश्र र थापाका अलावा अनुशा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य, अव्दुश मियाँ, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा रहेका छन् ।

त्यस्तै जीवन श्रेष्ठ, दिनेश प्रसाई, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन, राम शाह, रेशु अर्याल, शशीविक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई सुवुना बस्नेत, सोभिता परियार र ज्ञानेन्द्र निरौला सदस्य रहेका छन् । चारजना सदस्य भने पछि चयन गरिने सो पार्टीले जनाएको छ । ’

rabindra mishra bibekshil sajha party

विशेष