राजनीति मुख्य समाचार

रुपाकोट मझुवागढी नगरपालिकामा एमाले विजयी

रुपाकोट मझुवागढी नगरपालिकामा एमाले विजयी


असार १८ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा एमाले विजयी भएको छ ।

मेयरमा नेकपा एमालेका दिपनारायण रिजाल ५ हजार ३ सय ४३ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका राजनशेर राईले ४ हजार ७ सय १८ मत ल्याए ।

उपमेयरमा पनि एमालेकी विनादेवी राई विजयी भइन । उनले  ५ हजार ३ सय ६७ मत पाइन । उनका निकटतम प्रतिद्वन्दि माओवादी केन्द्रका होमकाजी आचार्य बिनोदले ४ हजार ६ सय २७ मत पाए । खोटाङका १० स्थानीय तहमध्ये एक नगरपालिका र २ गाउँपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ ।

विशेष