राजनीति

उपेन्द्र यादवलाई राजपासँग मिल्नू, नयाँ शक्तिसँग होइन भन्ने निर्देशनपछि उनी ब्याक

उपेन्द्र यादवलाई राजपासँग मिल्नू, नयाँ शक्तिसँग होइन भन्ने निर्देशनपछि उनी ब्याक

साउन ११ । बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीच एकता प्रक्रिया अन्तिम अवस्थामा आएर टुटनुमा हाम्रा दुई छिमेकीको पनि उत्तिकै चाख रहेको चर्चा छ । एकतासम्बन्धी वार्तामा संलग्न एक स्रोतका अनुशार, धेरै कुरा मिलिसकेको थियो । खड्किने विषय पेश भएकै थिएननन् ।

आइतबार दिउँसोसम्म बाबुरामलाई नेता मान्न उपेन्द्र यादव तयार थिए भने कार्यकारी भूमिकामा सक्रियतापूर्वक पार्टी सञ्चालनको जिम्मा दिन बाबुराम पनि सहमत थिए, तर आइतबार निकै लामो समयसम्म चलेको वार्ताबाट बाहिरिएपछि बाबुरामले आफ्ना अस्तिहरुलाई बोलाएर ब्रिफिङ गरे, अब यो प्रक्रियाको सबै सम्भावना सकियो, पार्टी एकीकरण नहुने भो ।’

चुरो कुरा के भने दक्षिणले यसबीच, पटक पटक उपेन्द्रलाई भनेको रहेछ, ‘महन्थ ठाकुरलाई सर्वमान्य नेता मानेर आफनो पार्टी हाँक्ने वातावरण बनाऊ । नयाँ शक्तिसँग होइन, राजपासँग एकीकरण प्रक्रियामा जाउ ।’ स्रोतकाअनुशार उपेन्द्रले मधेसको लागि राजनीति गर्नुपर्ने र त्यसभन्दा बढी महत्वाकांक्षा राख्दा सफल नहुने भन्दै चेतावनीयुक्त सुझाव दिइएको थियो । त्यसो त नयाँ शक्तिका नेताहरुले पनि वार्ता भाँडिनुमा प्रमुख कारकका रुपमा उपेन्द्रको मधेससिमित सोच, बृहत दृष्टिकोणको अभाव र राष्ट्रिय राजनीतिको केन्द्रमा रहने क्षमताको कमीलाई औल्याउँने गरेका छन् ।
–जनआस्था साप्ताहिकबाट

विशेष