राजनीति Breaking News

राप्रपा देउवा सरकारमा नजाने

राप्रपा देउवा सरकारमा नजाने

साउन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अब प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा नजाने घोषणा गरेको छ । आफ्नो सहभागिताविना मन्त्रिपरिषद् विस्तार गरेपछि अाक्राेशित बनेको राप्रपाको पदाधिकारी बैठकले वर्तमान सरकारमा सहभागिताको अध्याय समाप्त भएको घोषणा गरेको हो ।

यसअघि राप्रपाले सरकारमा सहभागिताबारे वार्ता गर्न बनाएको समिति भंग गरेको थियो । राप्रपाले उपप्रधानसहित ५ मन्त्री मागेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले चार मन्त्रालय मात्र दिने बताएपछि सहमति हुन सकेन । त्यहीक्रममा राप्रपाको सहभागिता विना नै बुधबार मन्त्रिपरिषद् विस्तार भएपछि राप्रपा नेतृत्व रुष्ट बनेको छ ।

बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नदेखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । राप्रपा पदाधिकारी बैठकले प्रदेश स्तरीय परिषद् (अधिवेशन) भदौभित्र गर्ने निर्णय गरेको छ ।

प्रदेश नम्बर १ को झापा, ३ को हेटौंडा, ४ को पोखरा, ५ को नेपालगञ्ज, ६ को सुर्खेत र प्रदेश नम्बर ७ को कञ्चनपुरमा गर्ने निर्णय गरेको छ । प्रदेश नम्बर २ को अधिवेशन भने स्थानीय तहको निर्वाचनपछि मात्र गर्ने राप्रपाको निर्णय छ ।

विशेष