विचित्र विश्व

ग्यारेजबाट व्यवसाय सुरू गरेका बेजोसले उछिने विल गेट्सलार्इ

ग्यारेजबाट व्यवसाय सुरू गरेका बेजोसले उछिने विल गेट्सलार्इ

साउन - १३ । विश्वभर कै एक नम्बरमा गनिने धनी माइक्रोसफ्टका सह-संस्थापक विल गेट्सलाई उछिनेका छन् जेफ बेजोसले । बेजोस एमाजनका संस्थापक हुन् । ऐमानज अहिलेको विश्वव्यापी खरिद बिक्री गर्ने अनलाइन वेबसाईट हो ।

गएको साता मात्र ऐमाजनको मूल्य बृद्धिले गर्दा बेजोसले गेट्सलाई उछिन्दै अहिलेको बिश्वको नम्बर वान धनी भएका हुन् । ऐमाजोनको शेयर मूल्य वृद्धिको विवरण फोब्स्र र ब्लुमवगले समेत सार्वजनिक गरेका छन् । फोब्स्र र ब्लुमवगका अनुसार अहिले बेजोसको सम्पत्ति ९० अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । गेट्सको अहिले सम्पत्ति ९० अर्ब ७० करोड डलर रहेको छ । गेट्स सन् २०१३ देखि अहिलेसम्म कै नम्बर एक धनीमा गनिन्थे ।

बेजोसले आफ्नो घरको ग्यारेजबाट अनलाइन बिक्री सुरु गरेका थिए । उनले ग्यरेजबाट सुरु गरेको ऐमाजोन अहिले विश्वव्यापी खरिद गर्ने सहज माध्यम बनेको छ । ऐमाजनले इलेक्ट्रोनिक समानदेखि आईसक्रिमसम्म लाखौँ वस्तुहरू अनलाइनबाट विक्री गर्छ ।

युरोप, चीन, भारतलगायत विश्वका कयौँ देशमा ऐमाजनले आफ्नो व्यवसाय विस्तार गरेको छ । ऐमाजनले नेपालमा पनि बजार विस्तार गर्ने इच्छा देखाएको थियो । तर, इलेक्ट्रानिक पेमेण्टको समस्याले एेमाजनले नेपालमा बजार षर्न सकेन ।

 

विशेष