राजनीति

चुनावमा जाने विषयमा राजपा नेता विभाजित

चुनावमा जाने विषयमा राजपा नेता विभाजित

साउन १३ । केन्द्रीय समितिको आसन्न बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अन्र्तवस्तुबारे राजपा नेपालको अध्यक्ष मण्डलका सदस्यबीच मतभिन्नता देखिएको छ ।

बैठक आगामी साउन २१ गते बोलाईएको छ । राजपा नेपाल निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बोलाईएको हो ।

अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन नभए पार्टी चुनावमा जान नहुने अडानमा छन् भने महेन्द्र यादव र शरत्सिंह भण्डारी सरकारबाट सहिद घोषणा, मुद्धा फिर्ता, बन्दी रिहा र अपांगता भएकाको भरणपोषणको व्यवस्था भए चुनावमा जाने पक्षमा रहेको जनाईएको छ ।

नागरिक

विशेष