कला साहित्य

'आगोको सौन्दर्य'मा लोकल स्वाद

केरुङ गणेश हाङ्सेम

'आगोको सौन्दर्य'मा लोकल स्वाद

 

कृति समीक्षा

देशको सुदूर पूर्व पाँचथर जहाँ साहित्यको उर्वर भूमी छ । धेरै साहित्यकार जन्माइसकेको पाँचथरले नेपाली साहित्यको सम्मृद्धि लागि थुप्रै योगदान गरि सकेको छ । नेपाली साहित्यको आयतनलाई फराकिलो पार्दै नवीन विचारको निर्माणदेखि प्रगतिशील आधार स्तम्भको निर्माण्सम्म पाँचथरेहरुको हस्ताक्षर छ ।

अन्कन्टार जङ्गलमा रुमली रहेको नेपाली साहित्यलाई खुल्ला मैदानमा उतार्नको निमित्त वैचारिक, आधुनिक साहित्यिक आन्दोलनको नेतृत्वसमेत पाँचथरले गरेको छ । तेस्रोआयाम, सिर्जनशील अराजकता, उत्तरवर्ती सोच र रङ्गबाद जस्तो नेपाली साहित्यको लागि महत्वपूर्ण साहित्यिक आन्दोलनमा पान्थरेहरुको उपस्थिती छ । यो आन्दोलनहरुले एकात्मक सिन्डिकेट बाट नेपालीसाहित्यलाई मुक्त गर्न का साथै आधुनिक साहित्यको विकासका लागीमहत्वपूर्ण भुमिका खेलेका छन।

पाचथरेहरुले नेपाली साहित्य जगतमा परिवर्तन मात्र गरेनन् आफूलाई शक्तिशाली कविको रुपमा समेत उभ्याउन सफल भएका छन् । अघिल्लो पुस्ता सँगसँगै पछाडिको पुस्तासमेत प्रभावशाली कविको रुपमा स्थापित हुन जमर्को गरि रहेका छन । तिनै युवा पुस्ताका एक प्रभावशाली युवा कवि हुन सन्देस सुब्बा ।

उहाँको हाल सालै ‘आगोको सौन्दर्य’ कविता संग्रह प्रकाशन भएको छ। सञ्चारकर्मीको रुपमा कर्म गरि रहेका कवि सन्देश सुब्बा आफैँमा सालिन र शक्तिशाली युवा कवि हुन् । अन्तर्रास्ट्रिय नेपाली कविता प्रतियोगिताका बिजेता बनिसकेका कवि पान्थरको फिदिममा बसेर छुट्टै कविको पहिचान बनाइ सकेका छन् । विशेषतस् स्थानीय मिथक, विम्व र विषयवस्तुलाई आफ्नो बनाएर कलात्मक रुपले कवितामा प्रस्तुत गर्ने क्षमता छ कविसँग । जीवन, जगतलाई राम्ररी केलाउँदै स्थानीय, सामाजिक परिवेशमा कविता लेख्नु नै कविको विशेषता हो।

पछिल्लो समय पश्चिमा दर्शन, साहित्यले प्रभाव पारी सकेको नेपाली साहित्यमा स्थानीय विषयवस्तु, विम्व, मिथक प्रयोग भएका कविताले अर्गानिक स्वाद दिन्छ । त्यस्तै खालका छन आगोको सौन्दर्यभित्रका कविताहरु । कतिपयको दावी के पनि छ भने स्थानीय चिजहरुलाई उठान गर्नु यथास्तिवाद हो , तर यो कदापी होइन । स्थानीय कुरालाई प्रोमोट गर्दै जानुनै अबको अनिवार्यता हो किन भने स्थानीय कुराहरुलाई विश्वव्यापिकरण गर्न सक्यौं भने त्यसको महत्व, मूल्यको उचाइ बढ्दै जाने हो । आगोको सौन्दर्यभित्र यस्तै स्थानीय सामाजिक परिवेशमा रहेर सांस्कृतिक सौन्दर्य युक्त कविता रहेको पाइन्छ । आफ्नै सामाजिक परिवेशमा रहेर साँस्कृतिक सौन्दर्यमा लेखिने कबिता नै अबका अब्बल कविता हुन् ।

कोक्टेलिय चिन्तनले ग्रसित वर्तमान समयमा अर्गानिक वस्तु पाउन गार्हो छ । साधारण हामीले प्रयोग गर्ने पस्तुदेखि दर्शन, साहित्य, राजनीति, समाज हरेक कुरा अहिले विशुद्ध पाइँदैन । दर्शन, चिन्तन र साहित्यमा पश्चिमाको प्रभाव एकदम पाइन्छ । पछिल्लो समय कुनै पनि सिर्जनामा पश्चि साहित्यको प्रभाव त्यहाँको मिथक, विम्वको प्रयोग भएन भने त्यो सिर्जना प्रभावशाली र शक्तिशाली मानिदैन भन्ने एक खालको मान्यता छ । त्यो मान्यतालाई चुनौति दिन सफल भएको छ कवि कवितामा । कविले स्थानीय, सामाजिक परिवेसमा रहेर कविताहरु निर्माण गरेका छन । कविले समाजमा रहेका अनेक परिघटनाहरुलाई कवितामा उतार्न सफल भएको पाईन्छ ।

कवि कविताहरुमा नाइल नदी तर्दैनन्, महासागरहरुमा पौडी खेल्दैनन् बरु आफ्नै घर छेउको तमोर उकालो ओरालो माछाको सिकार खेल्छन् । प्राचिन पश्चिमा सभ्यताहरु उत्खनन् गर्दैन आफ्नै पुर्खाले निर्माण गरेका सभ्यता र संस्कृतिमा रमाउन चाहान्छ कवि । मेला, बजार गएको बेला सोल्टिनीसँग पालाम गाउँदै सिंगो रात उज्यालो पारेको क्षण सम्झन्छ, गाईवस्तु चराउन जंगल जादा वारिपारी जुवाडी खेलेको पलले नोस्टाल्जिक हुन्छन् कवि कवितामा । आगोको सौन्दर्यमा प्राय कविता सांस्कृतिक चेत बाट प्रभावितछन । त्यसो त साँस्कृतिक सौन्दर्यमा लेखिएका कविता आफैँमा सुन्दर हुन्छन नै ।

कविताहरु सु्न्दर हुँदा हुदै कतिपय विषयवस्तुमा अल्मलिरहेको पाईन्छ कवि । विषयवस्तु गम्भीर भएर पनि कलात्मकतामा कताकता कवि चिपलिएका छन् । त्यसो त एउटा संग्रहभित्र सुन्दर र शक्तिशाली कविता मात्र हुन्छन भन्ने छैन । स्थानीयताको उत्खनन्ले केही मौलिकता भेटिए पनि नवीन सोच र चिन्तनको उपस्थिति कमै पाईन्छ आगोको सौन्दर्य मा।कवितामा त्यति बैचारिक र बौद्धिक स्वाद चाख्न पाईदैन तर आस गरे जतिको सन्तुष्टि चाहिँ लिन सकिन्छ । एउटा संग्रह हुनको लागि कविताको थुप्रोले मात्र काफि हुँदैन । कुनै कविले कवि हुन हतारिनुभन्दा पनि मिहिनेत र निखारिन जरुरी अवश्य पर्नेछ ।

साहित्य समाजभन्दा अलिकति पनि पर रहन सक्दैन । समाजको हरेक परिघटनासँग साक्षात्कार भएर कविले कविता लेख्ने हो । त्यसैले साहित्य, समाज र राजनीति अन्तरसम्बन्धित हुन्छन् । राजनैतिक परिवर्तनले साहित्यलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ‘आगोको सौन्दर्य’मा ।

विशेष