राजनीति

संघ र प्रदेशको निर्वाचन एकैपटक गरौँ: सचिव भट्टराई

संघ र प्रदेशको निर्वाचन एकैपटक गरौँ: सचिव भट्टराई

 

साउन - १४ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संघ र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्ने बताएका छन् ।

गुरु लुर्इंटेल अध्ययन तथा विकास केन्द्रले शनिबार आयोजना गरेको ‘समृद्ध राष्ट्र निर्माणका लागि स्थानीय तहको निर्वाचन’ विषयक विचार गोष्ठीमा उनले समय अभावका कारण दुईवटा निर्वाचन एकैपटक गर्नुपर्नेमा जोड दिएका हुन्।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको चुनाव एकैपटक गर्ने कुराको उल्लेख गर्दै उनले भने, “प्रधानमन्त्रीले भनेजस्तै दुईवटाको निर्वाचन एकैपटक गर्नु पर्दछ । हामीले उहाँले भनेको कुराको यसको समर्थन गर्नुपर्छ । यसरी गर्दा राम्रो पनि हुन्छ ।”

उनले दुवै चुनाव एकैपटक गर्नेगरी चाँडो मिति तोक्न सरकारलाई आग्रह गरे। उनले मंसिरमा नै दुवै निर्वाचन गर्नेगरी क्षेत्र निर्धारण आयोगले आफ्नो कामलाई गति दिनुपर्ने धारणा राखे ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले अझै पनि राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको कुरा उठाएर निर्वाचनमा जान आनाकानी गरिरहेको उल्लेख गरे ।

उनले संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा कुनै साइनो नभएको भन्दै प्रदेश र केन्द्रको चुनावपछि संशोधनका बारेमा कुरा गर्न सकिने धारणा राखे ।

छ वटा प्रदेशमा जसरी संविधान संशोधनबिना नै निर्वाचन भए जस्तै प्रदेश नं २ मा पनि निर्वाचन गर्नुपर्ने बताए । उनले तीनै तहको निर्वाचनपछि राजनीतिक संक्रमणकालको अन्त्य हुने दाबी गरे ।

विशेष