राजनीति

रोल्पामा विप्लव माओवादीले जित्यो दुई वडाध्यक्ष

रोल्पामा विप्लव माओवादीले जित्यो दुई वडाध्यक्ष


असार १८ । माओवादीगढ मानिने रोल्पामा अन्य दलले पनि स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेका छन् ।

दश स्थानीय तह रहेको रोल्पामा हालसम्म परिणाम घोषणा भएका नौ स्थानमध्ये ६ स्थानमा नेकपा (माओवादी केन्द्र), दुई स्थानमा नेकपा (एमाले) र एक स्थानमा नेपाली काँग्रेस विजयी भएका छन् । ७२ वटा वडा रहेको जिल्लामा हालसम्म मतपरिणाम सार्वजनिक भइसकेका ७० वडामध्ये नेकाले १५, नेकपा एमालेले ११, नेकपा माओवादी केन्द्रले ४४ र स्वतन्त्रले दुई वडामा विजयी हासिल गरेका छन् ।

जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका पूर्ण केसीले पाँच हजार ६३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका लेखनाथ आचार्यले तीन हजार ८२७ मत प्राप्त गरे ।

यसैगरी, सोही नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै मनकुमारी घर्तीले पाँच हजार ६६८ मत प्राप्त गरी विजयी भइन । उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी मिश्री हमालले तीन हजार ७२१ मत प्राप्त गरेकी छन् । लुङ्ग्री गाउँपालिकामा नेकाका दुर्गा खड्काले तीन हजार ११५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तुलाराम खड्काले दुई हजार ९१० मत प्राप्त गरे । यसैगरी, सोही गाउँपालिकाको उपाध्यक्षमा नेकाकै भीमकला बुढाथोकीले तीन हजार २७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मनखना घर्तीले दुई हजार ९३९ मत प्राप्त गरेका छन् ।

रुन्टीगढी गाउँपालिकामा नेकपा एमालेका बालाराम बुढाले तीन हजार ४०२ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका टेकबहादुर बस्नेतले तीन हजार २७९ मत प्राप्त गरेका छन् । सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै छमाया पुनले तीन हजार ४५२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी सरिता केसीले तीन हजार ३७९ मत प्राप्त गरिन ।

 

विशेष