विचित्र विश्व

दा भिन्चीका चित्रको रहस्य खुल्यो, मोनालिसाको चित्रमा ‘एलियन’ (भिडियोसहित)

दा भिन्चीका चित्रको रहस्य खुल्यो, मोनालिसाको चित्रमा ‘एलियन’ (भिडियोसहित)

साउन – १५ । इटालीका विश्वविख्यात चित्रकार लियोनर्दाे दा भिन्चीले कोरेको दुई चित्रमा एलिइन लुकाएको तथ्य पत्ता लागेको छ । यसो त उनका हरेक चित्र रहस्यमय मानिन्छन् ।

भिन्चीले कैयौँ शताब्दी अघि कोरेको विश्व चर्चित तस्बिर मोनालिसा र सेन्ट जोन द बप्तिस्टामा उनले गोप्य रुपमा एलियनको सन्तको चित्र बनाएको रहस्य खुलेको हो ।

‘द सन’का अनुसार ‘प्यारानर्मल क्रुसिबल’द्वारा जारी गरिएको एक भिडियोमा भिन्चीले उक्त रहस्यमय चित्रहरुमा एलियनको ‘सन्त’को चित्र रहेको दाबी गरिएको छ । उक्त भिडियो बताइएअनुसार दा भिन्सिले आफ्ना चित्रहरुमा एलियनका बारेमा रहस्यमय कोड्सहरुमार्फत संदेश दिएका छन् ।

‘मोनलिसा’ र ‘सेन्ट जोन द बप्तिस्टा’को तस्वीर मध्ये एकलाई ऐनामा जोडेर विशेष प्रकारको परावर्तनबाट हेर्दा एउटा सिंगो एलियनको मुख्य व्यक्ति (सन्त) जस्तो आकृति देखिने प्यारानर्मल क्रुसिबलले आफ्नो भिडियोमा उल्लेख गरेको छ ।

यो नयाँ तथ्य बाहिर आएसँगै त्यसबेलादेखि नै एलियनका बारेमा खोज भएको थियो वा साँच्चिकै नै भिन्चीले एलियनलाई भेटेका थिए भन्ने प्रश्न वैज्ञानिक माझ उब्जिएको छ ।

विशेष