राजनीति

जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस–माओवादीबीच गठबन्धन

दीपबहादुर घर्ती

जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस–माओवादीबीच गठबन्धन

साउन - १५ । जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस–माओवादी बीच गठबन्धन भएको छ । यहि साउन १८ गते हुन लागि रहेको जिल्ला समन्वय समितिको निर्वाचनका लागि आईतवार कांग्रेस–माओवादी पार्टीबीच संयुक्त उम्मेदवारको मनोनय पत्र दर्ता गरेका छन् ।

कांग्रेस–माओवादी पार्टीका संयुक्त उम्मेदवारका रुपमा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका मनबहादुर रावलले मुख्य जिल्ला निर्वाचन कार्यालयमा मनोनयन पत्र दर्ता गराएका छन् भने, नेपाली कांग्रेसका ज्ञानी प्रशाद शर्माले उप–प्रमुख पदमा मनोनयन पत्र दर्ता गराएका छन् ।

त्यसैगरि नेपाली कांग्रेसवाट सदस्य पदका लागि तेज विक्रम शाह र कल्दर सिंहले मनोनयन पत्र दर्ता गराएका छन् । नेपाली कांग्रेसवाट दलित सदस्यमा जनक नेपालीले मनोनयन पत्र दर्ता गराएका छन् भने, महिला सदस्यमा जनकेरी नेपालीले मनोनयन पत्र दर्ता गराएकी छन् ।

नेकपा माओवादी केन्द्रका तर्फवाट सदस्य पदमा वीरबहादुर रावतले मनोनयन पत्र दर्ता गराएका छन् भने, महिला सदस्यमा गरिमा शाही र सरस्वती बिष्ठले मनोनयन पत्र दर्ता गराएकी छन् ।

कांग्रेस–माओवादी बिरुद्ध नेकपा एमालेले एकल उम्मेदवारी दर्ता गराएको छ । नेकपा एमालेका तर्फवाट जिल्ला समन्वय समितिको प्रमुख पदमा गोरे बहादुर कार्कीले मनोनयन पत्र दर्ता गराएका छन् भने, उप–प्रमुख पदमा कमला कुमारी शाहीले मनोनयन पत्र दर्ता गराकी छन् ।

त्यसैगरि नेकपा एमालेका तर्फवाट सदस्य पदमा गणेश प्रशाद शर्मा, भीमबहादुर मल्ल र भक्तबहादुर बस्नेतले मनोनयन पत्र दर्ता गराएका छन् भने, महिला सदस्य पदमा सिता बस्नेत, लक्ष्मी नेपाली र ज्ञानु रावतले मनोनयन पत्र दर्ता गराएका छन् । नेकपा एमालेका तर्फवाट दलित सदस्य पदमा रंगबहादुर कामीले मनोनयन पत्र दर्ता गराएका छन् ।

आ–आफ्नो पक्षमा चुनावी परिणाम निकाल्न दुई दिन सम्म दलका नेताहरु प्रचार–प्रसारमा लागि पर्ने नेताहरुले वताएका छन् । जिल्लाका ७ वटै स्थानिय तहवाट १४ जनाले मात्र मतदान गर्न पाउने प्रावधान रहेको छ । जसमा नेकपा एमालेको पक्षमा ६ र माओवादी–कांग्रेसका पक्षमा ८ मत रहेका छन् ।

मतदाताहरुमा भेरी नगरपालीकावाट चन्द्र प्रकाश (सिपी) घर्ती र भावना भण्डारी रहेका छन् भने, त्रिवेणी नलगाड नगरपालीकावाट टेकबहादुर रावल र बालकुमारी बस्नेत रहेका छन्, छेढागाड नगरपालीकावाट लालबहादुर महतरा र सरिता वली रहेका छन्, बारेकोट गाउँपालिकावाट महेन्द्र शाह र ओमा शाही रहेका छन् । त्यसैगरी जुनी चाँदे गाउँपालिकावाट कृष्णबहादुर केसी र शिवा आचार्य रहेका छन्, शिवालय गाउँपालिकावाट नरेन्द्र कुमार शाही र कुमारी थापा रहेका छन् ।

 

विशेष