राजनीति

सरकारको नियतमै खोटः अध्यक्ष थापा

सरकारको नियतमै खोटः अध्यक्ष थापा

 

साउन - १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेश समस्या समाधानमा सरकारको नियतमै खोट भएको आरोप लगाएका छन् ।

अाइतबार महोत्तरीको बर्दिवासमा पार्टीको दुई नं प्रदेश समितिको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष थापाले संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने कुरा बाहिरी हल्ला मात्र भएको बताए ।

“सरकार संशोधन प्रस्ताव पास गर्ने गराउने कुरामा इमान्दार छैन,” उनले भने । केही दिनयता सत्ता साझेदार दलले संंशोधन प्रस्तावलाई राजपालाई गिज्याउने र एमालेलाई तर्साउने अस्त्र बनाएको उनको आरोप थियो । संशोधन प्रस्तावप्रति आफ्नो पार्टी सधैँ सकारात्मक रहेको थापाले बताए ।

विशेष