माओवादीभित्रका ‘विजय गच्छदार’हरु यी हुन्
साउन १५ । नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारमा मन्त्रीकै संख्या बराबर राज्यमन्त्री पनि पठाउने निर्णय गर्यो । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा नौजना मन्त्री बनेका छन् । चार जना राज्यमन्त्रीले पनि शपथ लिइसकेका छन् । सरकारमा पठाउने थप पाँच राज्यमन्त्रीको टुंगो लागिसकेको छैन । त्यो टुंगो लागेसँगै देउवा मन्त्रिपरिषदमा माओवादीका राज्यमन्त्रीसहित १८ जना मन्त्री हुनेछन् ।
संविधानसभाबाट रुपान्तरिक व्यवस्थापिका संसदको तेस्रो दल माओवादीले एउटै मन्त्रिपरिषदमा १८ जना मन्त्री पाउनु आफैमा उसको हैसियतभन्दा निकै ठूलो ‘उपलब्धि’ हो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको यसअघिको सरकारमा सहभागी हुन थालेको १० वर्षमा माओवादीबाट ४४ जना नेता मन्त्री बनेका छन् । यो आफैमा आश्चर्यलाग्दो आँकडा हो । माओवादीका एक नेता ६ पटक, एक नेता चार पटक, तीन नेता तीन तीन पटक र ९ नेता दुई दुई पटक मन्त्री बनेका छन् ।
६ पटक मन्त्री बनेका –कृष्णबहादुर महरा
४ पटक मन्त्री बनेका –गिरिराजमणि पोखे्रल
३ पटक मन्त्री बनेका– जनार्दन शर्मा, टोपबहादुर रायमाझी, प्रभु साह
२ पटक मन्त्री बनेका– वर्षमान पुन, अग्नी सापकोटा, शक्ति बस्नेत, खड्गबहादुर विश्वकर्मा, देव गुरुङ, पम्फा भूषाल, हिसिला यमी, महेन्द्र पासवान, रामचरण चौधरी ।
हिमाल खबर पत्रिकाबाट