राजनीति मुख्य समाचार

एमाले स्थायी समिति जारी, माओवादी केन्द्रको बैठक पनि बस्दै

एमाले स्थायी समिति जारी, माओवादी केन्द्रको बैठक पनि बस्दै


साउन १५ । एमाले स्थायी समितिको बैठक अहिले बसिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा केही बेर अघि शुरु भएको बैठकमा तेस्रो चरणको निर्वाचनको तयारीसँगै संविधान संशोधनलगायतको विषयमा पनि छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

यस्तै, माओवादी केन्द्रको बैठक पनि आज बस्दैछ । पार्टी कार्यालयको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । आन्तरिक सुदृढिकरण, प्रदेशहरुमा गरिने प्रशिक्षणलगायतको तालिका बनाउनका लागि बैठक बस्न लागेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

विशेष