विचित्र विश्व

७० सहरमा निर्वस्त्र साइकल रेस !

७० सहरमा निर्वस्त्र साइकल रेस !


विश्वका ७० वटा सहरमा निर्वस्त्र साइकल रेस सम्पन्न भएको छ । ‘सकेजति निर्वस्त्र चलाऊ’ नाराका साथ आयोजित उक्त रेसमा निर्वस्त्र साइकल चालकहरूको उल्लेख्य उपस्थिति थियो ।

बढ्दो सहरीकरणका कारण सडकमा सवारी साधनको चाप बढेसँगै साइकल यात्रीहरूलाई कठिनाइ हुन थालेपछि त्यसको विरोधस्वरूप यो रेसको आयोजना हुन थालेको हो । यसपटकको रेसमा हजारौं व्यक्तिले आफूलाई सक्दो निर्वस्त्र बनाएर साइकल यात्रा गरेका थिए ।

यो अभियानमा सहभागीहरूले निर्वस्त्र हुन पाउनु नैसर्गिक अधिकार भएको तथा निर्वस्त्र हुनुलाई अश्लीलतासंग दाँज्न नहुने आदि नारा आफ्नो शरीरमा लेखाएका थिए ।

 

विशेष