राजनीति

बाजुराका नौ मध्ये ६ तहमा काँग्रेस, ३ मा एमाले विजयी

बाजुराका नौ  मध्ये ६ तहमा काँग्रेस, ३ मा एमाले विजयी

 

असार १९ । बाजुरा जिल्लामा कुल नौवटा स्थानीय तह मध्ये ६ वटामा नेपाली काँग्रेस र तीनवटामा नेकपा (एमाले) विजयी भएको छ ।

काँग्रेस चारवटा नगरपालिका र दुईवटा गाउँपालिका तथा एमाले तीनवटा गाउँपालिकामा विजयी भएको छ । काँग्रेस बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा नगरपालिका तथा हिमाली र छेडेदह गाउँपालिकामा विजयी भएको छ भने एमाले स्वामिकार्तिक, पाण्डवगुफा र गौमुल गाउँपालिकामा विजयी भएको छ ।

जिल्लाका कुल ६९ वडा मध्ये ३४ वडाध्यक्षमा काँग्रेस, ३२ वडाध्यक्षमा एमाले र तीनवटा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

बूढीनन्दा गाउँपालिकाको अध्यक्षमा पद्मकुमार गिरी तीन हजार ३३६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनककुमार बोहराले तीन हजार १८७ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी सृष्टि रेग्मी तीन हजार ३०८ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रीता सिंहले तीन हजार १८० मत प्राप्त गरे ।

विशेष