राजनीति

पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने

पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने

 

असार - १९ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने भएको छ । 

नगरपालिकाको वडा नं १ मा पुनः मतगणना गर्ने र वडा नं ५ मा पुनः मतगणना गर्न आवश्यक भएको खण्डमा मात्रै निर्वाचन अधिकृतले मतगणना गर्नसक्ने निर्वाचन आयोगले निर्देशन दिएको छ । 

बाँकी वडा नं २, ३, ४ र ६ को हकमा निर्वाचन निर्देशिकाको दफा १३९ अनुसार गर्न गराउन आयोगबाट निर्देशन भएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले बताए। पुनः मतगणनाका लागि सर्वदलीय बैठक बोलाएका छौँ, उनले भने, “मतगणना छिट्टै सुरु हुन्छ । 

मतगणनास्थलमा अहिले सुरक्षाका लागि चारवटा सिसिटिभी क्यामेरा जडान गरिएका छन् । 

निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले शनिबार सार्वजनिक गरेको मतपरिणाममा वडा नं १ का कुल मतदाता तीन हजार ५६९ मध्ये कुल खसेको मत सङ्ख्या दुई हजार ६७९ र कुल गणना भएको मत दुई हजार ६८८ तथा बदर भएको मत १०४ देखिएपछि विवाद भएको थियो । 

कुल खसेको मतभन्दा ११३ मत बढी देखिएपछि विवाद चरम उत्कर्षमा पुगी आक्रोसित राजनीतिक दलका कार्यकर्ताहरूले ढुङ्गामुढा प्रहार गर्दा मतगणनाको कार्य स्थगित भएको थियो । 

विशेष