राजनीति

विराटनगरमा नेपाली काँग्रेसको अग्रता कायमै

विराटनगरमा नेपाली काँग्रेसको अग्रता कायमै

 

असार - १९ । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले निरन्तर रुपमा अग्रतामा बढोत्तरी गर्दै गइरहेको छ । 

नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले छ हजार ३४३ मत, नेकपा ९एमाले०का विनोद ढकालले चार हजार ३९१ मत, सङ्घीय समाजवादी फोरमका उमेश यादवले तीन हजार ९०७ मत प्राप्त गरेका छन् । 

त्यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीले पाँच हजार ५४० मत, नेकपा (माओवादी केन्द्र) की नमिता न्यौपानेले दुई हजार ७०० मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले दुई हजार ४४० मत प्राप्त गरेकी छन्। 

विराटनगर–१ मा नेपाली काँग्रेस विजयी 

यसैबीच, विराटनगर महानगरपालिका वडा नं १ को वडाध्यक्षमा उद्धव अर्याल एक हजार ५३१ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी, सदस्यहरूमा कमला रिजाल, भगवती परियार, पवन भट्टराई र रमेश साह विजयी भए ।

विशेष