राजनीति

पथरी शनिश्चरे नगरपालिकामित्र मतगणना, बाहिर नाराबाजी

पथरी शनिश्चरे नगरपालिकामित्र मतगणना, बाहिर नाराबाजी

असार – १९ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा करिब २० घण्टापछि मतगणना सुरु भएको छ । वडा नं. ९ को मत गणनामा अनियमितता भएको भन्दै आइतबार साँझ पार्टी प्रतिनिधिले मतगणनास्थल छोडेर गएपछि मतगणना स्थगित भएको थियो ।

एमालेबाहेक अन्य पार्टीले ९ नम्बर वार्डको गणनाको परिणाम नमानेपछि विवाद उठेको थियो । मतगणनास्थलमा एमालेका मात्र प्रतिनिध सहभागी भएका छन् । अहिलेसम्म वडा नं. १, २, ३, ४, ९ र १० को मतगणना भइसकेको छ ।

सोमबार साँझ बसेको सर्वदलीय बैठकमा प्रमुख निर्वाचन आयोक्तले ९ नम्बर वडामा पुनः गणना नहुने भन्दै अडान राखेपछि अन्यदलहरु रुष्ट बनेका छन् । एमाले बाहेक अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता मतगणना बहिस्कार गरेर मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन् । उनीहरूले टायर बालेर प्रदर्शनसमेत गरेका छन् ।

एमालेलाई सहज र अन्य पार्टीलाई प्रवेस निषेध गरेको भन्दै निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिए ।

विशेष