राजनीति

महानिर्देशक हुन आरजुलाई बुझाउनु पर्ने दररेट एक करोड

बालुवाटारबाटै हुन्छ मोलमलाई

महानिर्देशक हुन आरजुलाई बुझाउनु पर्ने दररेट एक करोड

साउन १६ । अर्थमन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरुको सरुवाका लागि मोलमलाई सुरु भएको खबर छ । अर्थमन्त्रालयका विभागीय प्रमुखहरुको सरुवा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको आदेशमा मात्रै हुने भएको छ । आरजुकै कृपामा मन्त्री भएका कार्कीले बालुवाटारबाट उनले दिएको निर्देशनमा भन्दा बाहिर गएर प्रमुखहरु परिवर्तन गर्न नसक्ने अर्थमन्त्रालय स्रोतले दावी गरेको छ ।

स्रोतका अनुशार आरजुले बालुवाटारबाटै अर्थ अन्तर्गतका विभागीय प्रमुखका लागि सहसचिवहरुसँग मोलमोलाई गरिरहेकी छन् । आरजुले अर्थका सरुवामा दररेट नै सहसचिवहरुसँग मोलमोलाई गरिरहेकी छिन् । राजस्व अनुसन्धान विभागको महानिर्देशकका लागि अग्रिम डेढ करोड रुपैयाँ र ठूला करदाताका कार्यालयको प्रमुखका लागि १ करोड रुपैयाँ अग्रिम रेट तय गरिएको छ । बालुवाटारमा आरजु देउवाले अर्थ अन्तर्गतको सबैभन्दा आकर्षक मानिएको राजश्व अनुसन्धान विभागको महानिर्देशक हुनका इच्छुक सहसचिवहरुसँग चर्को मोलमलाई गरिरहेको स्रोतको दावी छ ।

जागिर अवधि चार महिना बाँकी भएका भन्सार विभागका महादिर्नेशक रामशरण चिमौरियादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट एक महिनाअघि अर्थमा आएका सहसचिव भूपाल बराल, झापाबाट मन्त्रालयमा ल्याइएका उत्तर खत्री, मन्त्रालयको बजेट महाशाखा प्रमुख केबल भण्डारीसम्म राजश्व अनुसन्धानको महानिर्देशक हुने दौडमा छन ् ।
साँघु साप्ताहिकबाट

विशेष