राजनीति मुख्य समाचार

कृष्ण सिटौलाको क्षेत्रबाट राप्रपाले खाता खोल्यो

कृष्ण सिटौलाको क्षेत्रबाट राप्रपाले खाता खोल्यो


असार १९ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा राप्रपाले खाता खोलेको छ । राप्रपाले झापाको कचनकवल गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा जित निकालेको हो ।

राप्रपाबाट उम्मेदवार बनेका अन्जार आलम ५८१६ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भए । उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसाद राजवंशीलाई ३८० मतअन्तरले पछि पार्दै आफ्नो जित सुनिश्चित गरे ।

उपाध्यक्षमा पनि राप्रपाकै उम्मेदवार निनसरी राजवंशी विजयी भएकी छिन् । उनले ५७९२ मत ल्याइन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै गीता ओडारी खरेललाई ७०० मतअन्तरले पछि पारेकी थिइन् ।

विशेष