राजनीति

कार्यकर्ता पलायन हुन थालेपछि भट्टराई तनावमा, आफै नयाँ शक्ति छाड्ने मुडमा !

कार्यकर्ता पलायन हुन थालेपछि भट्टराई तनावमा, आफै नयाँ शक्ति छाड्ने मुडमा !

असार १९ । सशस्त्र क्रान्ति हुँदै शान्ति प्रक्रियामा आएर प्रधानमन्त्री समेत बनेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सम्भावना बोकेको नेताका रुपमा चिनिन्छन् ।

आफूभित्रको सम्भावना माओवादीमा पूरा नहुने देखेर नयाँ दल निर्माण गरेका उनी अहिले निराश देखिन थालेका छन् । पार्टीबाट भइरहेको नेता कार्यकर्ताको पलायन र स्थानीय तहको निर्वाचनमा जनताको उपेक्षा र मतको परिणामले हत्तोत्साहित बनेका उनी पार्टीका नेताहरुसँग अनेपेक्षित प्रस्ताव गरेका छन् । जुन पार्टीमा आवद्ध नेता–कार्यकर्ता निराश बनाउने खालको छ ।

नयाँ शक्ति निकट श्रोतका अनुसार बाबुरामले नयाँ शक्ति पार्टीको नेतृत्व नै छाड्ने इच्छा देखाएका छन् । उनले आफू भन्दा तल्लो तहका नेतालाई बोलाएर नेतृत्व लिन आग्रह गरेको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ ।

माओवादी पृष्ठभूमिका दुई नेता देवेन्द्र पौडेल र गंगानारायण श्रेष्ठलाई बोलाएर भट्टराईले यस्तो आग्रह गरेको चर्चा नयाँ शक्ति पार्टीमा चुलिएको छ । असार १४ गते यी दुई नेता बाबुरामको घर पुगेर पुरानै पार्टीमा फर्कने तयारीमा लागेका बेला बाबुरामबाटै यस्तो प्रस्ताव आएपछि उनको भर परेर लागेकाहरु ‘सक’ भएका छन् ।

बाबुरामको पार्टीको गतिविधि देखेर वाक्क दिक्क भएका उनीहरुले नयाँ शक्ति बन्न नसक्ने निष्कर्ष निकाल्दै भट्टराईको लफडामा फसिरहनु भन्दा बाहिरीनु नै वेस भन्दै उम्किन खोजेको नयाँ शक्ति निकट श्रोतले बतायो ।

विशेष