राजनीति

चुनाव बहिष्कार गरेकाे राजपाले जित्यो गाँउपालिका अध्यक्ष

चुनाव बहिष्कार गरेकाे राजपाले जित्यो गाँउपालिका अध्यक्ष


असार १९ । पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका राजपाका एक उम्मेदवारले कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा खडा भएका निसार अहमद खाँ गाउँपालिका प्रमुखमा विजयी बनेका हुन् ।

खाँले १ हजार ८ सय ३७ मतका साथ जित दर्ता गराउँदा उनका प्रतिष्पर्धी अर्का स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरी १ हजार ७ सय ६३ मतमा रोकिए । गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी सुधादेवी पाण्डेले जीत हासिल गरेकी छन् । पाण्डे गाउँपालिका अध्यक्षले भन्दा बढी मत २६३५ ल्याएर विजयी भएकी हुन् ।

विशेष