विचित्र विश्व

सामाजिक सञ्जालमा फलोअर्स बढाउन आफ्नै प्रेमीलाई गोली ठोकेपछि...

सामाजिक सञ्जालमा फलोअर्स बढाउन आफ्नै प्रेमीलाई गोली ठोकेपछि...


अमेरिकामा सामाजिक सन्जालमा ‘स्टन्ट’ गरेको भिडियो राखेर ‘फ्लओर’ बढाउन एक प्रेमिकाले आफ्नै प्रेमीलाई गोली प्रहार गरेर मारिदिएकी छन् ।

मध्यपश्चिम अमेरिकाको मिनेसोटा सहरकी १९ वर्षीया मोनालिसा पेरेजले गत सोमबार आफ्नै पे्रमी पेड्रो रुइजलाई सामाजिक सन्जालमा ‘स्टन्ट’ गरेको भिडियो पोस्ट गर्न ०.५० क्यालिबरको पेस्तोलले गोली हानेर मारिदिएकी हुन् ।

मोनालिसाले आफ्नो पे्रमीले सामाजिक सन्जालमा ‘फ्लओर’ बढाउन ‘स्टन्ट’ गर्न पेस्तोलको प्रयोग गर्न जिद्धी गरेपछि अन्जानमा ज्यान गएको बताएकी छिन् ।
ती दुबै जोडीले गरेको स्टन्ट ३० जना छिमेकीले प्रत्यक्ष देखेका थिए । अहिले उनलाई प्रहरीले हिरासतमा लिएको छ । मिनेसोटा प्रहरीले उनीहरुले गरेको स्टन्ट भिडियो क्यामेरामा कैद भएको उल्लेख गरेको छ ।

भिडियोमा पेड्रोले इन्साक्लोपिडियाको मोटो किताब छातीमा राखेको र मोनालिसाले एक फिट टाढाबाट पेस्तोल हानेको दृष्य कैद भएको प्रहरीले जनाएको छ ।
मोनालिसाकी साथी क्लाडिया पेरेजले ‘डब्ल्युडे’ टीभीलाई दिएको अन्तर्वार्तामा सुरुमा पेड्रोको स्टन्ट गर्ने तरिका मोनालिसाले नमानेको बताएकी छन् ।

तर, पेड्रोले त्यसरी गोली हान्दा किताबमा धस्सिने र आफूलाई केही नहुने बताएपछि मोनालिसा गोली हान्न राजी भएकी थिइन् । क्लाडियाकाअनुसार मोनालिसा अहिले गर्भवती रहेको र उनीहरु दुबैले एक–अर्कालाई असाध्यै माया गर्दथे ।

 

 

विशेष