राजनीति

नेपालगन्ज उपमहानगरको प्रमुखमा राप्रपा र उपप्रमुखमा काँग्रेसको विजयी

नेपालगन्ज उपमहानगरको प्रमुखमा राप्रपा र उपप्रमुखमा काँग्रेसको विजयी

 

असार - २० । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुुख पदमा जित हात पारेको छ । राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो ।

राप्रपाका उम्मेदवार डा धवलशम्शेर राणा १२ हजार ५१५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा सुरेशकुमार कनौडियाले आठ हजार ७३० मत ल्याएका छन् । उपप्रमुखमा नेपाली काँग्रेसकी उमा थापामगर विजयी भएकी छिन् । उनले १० हजार ७३१ मत ल्याई निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमारानी वैश्यले ८ हजार ९२४ मत ल्याइन् ।

नेपालगन्ज उपमहानगरपालिकाको कुल २३ वडामध्ये नेपाली कांग्रेस आठ, नेकपा (एमाले) छ, नेकपा (माओवादी केन्द्र) चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन वडा र सङ्घीय समाजवादी फोरम नेपाल दुईवटा वटामा विजयी भएका छन् ।

विशेष