राजनीति

भाग्यमानी मेनुका जसले आफूले आफैँलाई विजयी गराइन्

भाग्यमानी मेनुका जसले आफूले आफैँलाई विजयी गराइन्

असार - २० । झापाको कमल गाउँपालिकामा गोलाप्रथाबाट अध्यक्षमा एमालेकी उम्मेदवार मेनुका काफ्ले निर्वाचित भएकी छन् । कांग्रेसका उम्मेदवार हुकुमसिंह राईसँग ८२७५ मतले बराबर भएपछि अन्तिम निर्णय गोलाप्रथाबाट गरिएको थियो । त्यहाँका सहायक निर्वाचन अधिकृत राजकुमार शाक्यका अनुसार सुरुमा काफ्लेलाई गोला तान्न दिइएको थियो । नजिता काफ्लेका पक्षमा आयो ।

उपाध्यक्ष पदमा भने एमालेका बेणु शिवाकोटी ९ हजार ४ सय १८ मत प्राप्त गर्दै विजयी भइन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी दीपा गौतम भण्डारीले ४ हजार ९ सय ९२ मत प्राप्त गरिन ।

वडा नम्बर एक बाहेक अन्य ६ वटामा एमालेले प्यानलसहित जित हासिल गरेको छ । वडा नम्बर १ मा कांग्रेसका केदार कटुवाल विजयी भए भने २ मा एमालेका ताराप्रसाद न्यौपाने, ३ मा एमालेकै नरप्रसाद दंगाल, ४ मा एमालेकै प्रेमबहादुर राई, ४ मा एमालेकै डम्बर बहादुर निरौला, ६ मा एमालेकै नरेन्द्र भट्टराई र ७ मा एमालेकै पृथ्वीपति राई विजय भएका छन् ।

विशेष