राजनीति

कांग्रेसले बुटवलमा खाता खोल्यो

कांग्रेसले बुटवलमा खाता खोल्यो

 

 असार - २०। रुपन्देहीको एक मात्र बुटवल उपमहानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसले पहिलो पटक वडामा खाता खोलेको छ । 

उपमहानगरको १९ वडामध्ये आज भएको वडा नंं १३ को मतगणनामा नेपाली कांग्रेसका नारायणसिंह पुन विजयी भएका छन्। उनले एक हजार ७६५ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का योग गुरुङले एक हजार ३६३ मत प्राप्त गरेका छन्। यसअघि उपमहानगरका वडा नं. १ देखि १२ सम्म लगातार एमालेले जित हात पारेको थियो । जिल्लाको समरिमाई गाउँपालिकामा फोरम (लोकतान्त्रिक) विजयी भएको छ । 

आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार उक्त गाउँपालिकाको अध्यक्षमा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का जितेन्द्रनाथ शुक्लाले तीन हजार ६६ मत प्राप्त गरेर विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद श्रीवास्तवले दुई हजार १९६ मत ल्याएका छन् । 

उपाध्यक्षमा नेपाली काँग्रेसकी कुमारी प्रियङ्का शाही सिंह विजयी भइन् । उनले दुई हजार ८१६ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमकी कमलावती अहिरनीले दुई हजार १७० मत प्राप्त गरेका छन् ।

विशेष