राजनीति

वडाध्यक्षमा भाइले दाजुलाई पराजित गरे

वडाध्यक्षमा भाइले दाजुलाई पराजित गरे

असार - २१ । कैलालीको धनगढी उपमहानगरपालिका– ३ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बलबहादुर ऐर एक हजार १३८ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी उनका दाजु राजबहादुर ऐर पराजित भएका छन् ।

काँग्रेस उम्मेदवार राजबहादुरले एक हजार ८४ मत प्राप्त गरे । विजयी बलबहादुरले दाजु पराजित हुँदा दुःख लागेको प्रतिक्रिया दिए। राजबहादुरले भने बागी उम्मेदवारका कारण आफू पराजित हुनुपरेको बताए ।

विशेष