राजनीति

कोहलपुर नपाको प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस

कोहलपुर नपाको प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस

 

 असार - २१। बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का लुटबहादुर रावत नौ हजार सात मत प्राप्त गरी विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भानुभक्त भट्टराईले आठ हजार ९२४ मत प्राप्त गरे । 

उपप्रमुखमा कांग्रेसकी सञ्जुकुमारी थारु १० हजार ५६ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कृष्णाकुमारी चौधरीले नौ ३७९ मत प्राप्त गरिन् । 

नगरपालिकाका १५ वडामध्ये सातमा काँग्रेस, सातवटामै एमाले र एउटा वडामा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

विशेष