राजनीति

कांग्रेस-माओवादी तालमेली क्षेत्र बुटवलमा एमाले विजयी

कांग्रेस-माओवादी तालमेली क्षेत्र बुटवलमा एमाले विजयी

असार - २१ । कांग्रेस र माओवादीले तालमेल गरेको बुटवल उपमहानगरपालिकामा एमालेका शिवराज सुवेदी २३२४९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेलराज पाण्डेले २०८५१  मत ल्याए।

त्यस्तै उपप्रमुखमा गोमा आचार्य २५३०१ मतसहित विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार जगत पोख्रेलले १४७९२ मत प्राप्त गरे । 

विशेष