राजनीति मुख्य समाचार

२ सय ९९ स्थानीय तहको नतिजा सार्वजनिक एमालेलाई पछ्याउँदै कांग्रेस

२ सय ९९ स्थानीय तहको नतिजा सार्वजनिक एमालेलाई पछ्याउँदै कांग्रेस

असार २१ । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये अहिलेसम्म २ सय ९८ तहको मत परिणाम सार्वजनिक भएको छ ।

चुनावी नतिजामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा एमालेले अहिलेसम्म १ सय ३२ स्थानीय तहमा विजय हात पारेको छ । एमालेलाई पछ्याउँदै गरेको कांग्रेसले १ सय ११ स्थानीय तहमा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्र ३६ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै संघीय समाजवादी फोरमले ६ सिट जितेको छ भने फोरम लोकतान्त्रिकले पनि ६ सिट जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ र राष्ट्रिय जनमोर्चा २ र दुई जना स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।

विशेष