राजनीति मुख्य समाचार

अब १९ तहको मात्र मतपरिणाम आउँन बाँकी (कुन दलले कति जिते)

अब १९ तहको मात्र मतपरिणाम आउँन बाँकी (कुन दलले कति जिते)


असार २१ । असार १४ गते भएको स्थानीय तहको दोस्रो निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म ३ सय १५ तहको स्थानीय तहको मतपरिणाम सार्वजनिक भई सकेको छ । नेकपा एमाले १ सय ४० स्थानमा विजयी बन्दै पहिलो बनेको छ भने नेपाली कांग्रेस १ सय १७ स्थानमा जित निकाल्दै एमालेलाई पछ्याइरहेको छ ।

त्यस्तै माओवादी केन्द्रले ३७ स्थानमा विजय हासिल गरेको छ । अन्य साना दलले २१ स्थानमा जित दर्ता गरेका छन् । अहिले सम्मको नतिजा अनुसार एमाले १३ स्थानमा अग्रता कायम गरेको छ भने कांग्रेसले ३ स्थानमा अगाडि रहँदा माओवादी केन्द्र १ स्थानमा अगाडि देखिएको छ । त्यस्तै अन्य दलको अग्राता ४ स्थानमा रहेको छ ।

 

विशेष