विचित्र विश्व

एक कुकुरको मूल्य ५० करोड !

एक कुकुरको मूल्य ५० करोड !


संसारमा कुकुरको मूल्य कतिसम्म होला ?

आज हामी तपाईलाई यस्तो कुकुरको जानकारी दिँदै छौँ जसको मुल्य २५ देखि ५० करोड रहेको छ ।

सामान्यतया हामीले लाख सम्म कुकुरको मूल्य सुन्दै आइरहेका थियौँ । भारतको जयपुर सहरको दशहरा मैदानमा शनिवार केनल क्लब राजस्थानले कुकुर प्रदर्शनी आयोजना गरेको थियो । उक्त प्रदर्शनीमा तिबेतियन मस्टीफ नश्लको एउटा कुकुर पनि थियो । जसको मूल्य २५ देखि ५० करोड रहेको छ ।
अधिकतम ३२ इन्च लम्बाइको हुने यो कुकुरको वजन ७० देखि ८० किलोसम्म रहेको छ ।

कुकुरको मूल्य जति महंगो छ त्यसको पालन पोषण अझ बढी महंगो रहेको छ । यो कुकुरलाई चौबिसै घण्टा एसीमा राख्नुपर्दछ भने दुई हप्तामा एक पटक स्पा गराउनु पर्दछ ।

कुकुरका लागि खानेकुरा जर्मनीबाट मगाइन्छ भने इरानबाट बदाम मगाएर खुवाइन्छ ।

विशेष