राजनीति

'माओवादी शक्तिबीच एकीकरण प्रयास'

'माओवादी शक्तिबीच एकीकरण प्रयास'

 

असार - २२ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिबीच एकीकरणको प्रयास भइरहेको बताएकी छिन् ।

विभाजित शक्तिसँग कसरी एकीकरण गर्ने भन्नेमा पार्टीभित्र छलफल भइरहेको रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले बताएकी हुन् । उनले नेकपा माओवादी मन्त्रिमण्डल विस्तारका लागि तयार रहेको बताइन् ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण भएको दाबी गर्दै उनले तेस्रो चरणको निर्वाचन पनि यही सरकारले तोकिएकै समयमा गर्ने उल्लेख गरिन्।

राजपाले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाएकाले बाँकी निर्वाचनमा राजपाको पनि सहभागिता रहने उनको भनाइ छ । उनले सरकारले स्थानीय तहलाई प्रदान गरिसकेका कुनै पनि खालका अधिकार कटौती हुन नसक्ने बताइन् ।

विशेष