राजनीति

३२१ स्थानीय तहको नतिजा घोषित, १३ स्थानीय तहमा मतगणना जारी

३२१ स्थानीय तहको नतिजा घोषित, १३ स्थानीय तहमा मतगणना जारी

 

असार - २२ । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३२१ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।

सो निर्वाचन यही असार १४ गते तीन प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा भएको छ । अहिले सात जिल्लाका १५ स्थानीय तहमा मतगणना जारी छ ।

झापा, मोरङ  सुनसरी, र कञ्चनपुरका दुई दुई तथा रुपन्देही र कैलाली स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो समय कुनै पनि स्थानीय तहको मतगणना स्थगन नरहेको केन्द्रले जनाएको छ ।

विहीबार अपराह्न बजेसम्मको मतगणनानुसार नेकपा (एमाले) १४४, नेपाली काँग्रेस ११८, नेकपा (माओवादी केन्द्र) ३७, सङ्घीय समाजवादी फोरम नेपाल सात, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार तीन स्थानमा स्थानीय तहको प्रमुख/अध्यक्षमा निर्वाचित भएको आयोगले जनाएको छ ।

दोस्रो चरणमा ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

विशेष