राजनीति

प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने—उपाध्यक्ष रावल

प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने—उपाध्यक्ष रावल

 

असार - २२ । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा उनले जनमत एमालेको पक्षमा देखिएपछि सत्तारुढ दलले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन पछि सार्दै लगेको आरोप लगाए।

उपाध्यक्ष रावलले व्यवस्थापिका–संसद्मा सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्ताव राष्ट्रको हितमा नरहेकाले आफ्नो पार्टीले सो प्रस्तावलाई सहयोग नगरेको उल्लेख गर्दै जनताको भावनालाई सम्बोधन गर्ने गरी समय सापेक्ष हुने संविधान संशोधनमा आफ्नो पार्टी सकारात्मक रहेको बताए ।

“ओली नेतृत्वको सरकारले विगतमा संविधान संशोधन गरेको थियो, त्यसैले हामी संशोधनका विरोधी हौइनौँ, मधेसमा एमालेलाई मधेस विरोधी भनेर जसरी चित्रण गरिएको छ, त्यसलाई मधेसका जनताले राम्रोसँग बुझेका छन्,” उनले भने– “निर्धारित समयभित्र प्रादेशिक र केन्द्रीय चुनाव सम्पन्न गर्न सरकारले निर्वाचनसम्बन्धी आवश्यक कानुनी व्यवस्था गर्न सक्नुपर्दछ ।”

विशेष