राजनीति

लुम्बिनी साँस्कृतिक नगरपालिकामा राजपा विजयी

लुम्बिनी साँस्कृतिक नगरपालिकामा राजपा विजयी

 

असार - २२ । लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार मनमोहन चौधरी विजयी भएका छन्।

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीका प्रमुखमा राष्ट्रिय जनता पार्टीबाट स्वतन्त्र उम्मेदवारी दिएका चौधरी विजयी भएका हुन् । राजपाले चुनावमा भाग नलिने भएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव चिह्न ‘शङ्ख’ लिएर चुनावी मैदानमा उत्रनुभएका चौधरीले निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका फकरुद्धिन खाँनलाई करिब एक हजार एक सय मतले पराजित गरेका हुन्। उनले आठ हजार १७५ र खाँनले सात हजार ३९ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा भने फोरमकी जानकीदेवी श्रीवास्तव चार हजार ७२० मतका साथ विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी रमावती यादवले चार हजार ५८८ मत प्राप्त गरिन् ।

विशेष